अमेरिकी सेरेना विलियम्सको फ्रेन्च ओपन टेनिसको उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा ३९ वर्षीय सेनाले कजखस्तानकी २१ वर्षीय एलेना रिबाकिनाले सोझो सेटमा पराजय भोगिन । रिबाकिनाले ६–३ र ७–५ को जित निकाल्दै सेरेनालाई फ्रेन्च ओपन टेनिसको अर्कोचरणमा जानबाट रोकिदिइन ।

सेरेना २३ औं पटककी ग्राण्डस्लाम विजेता हुन् । सेरेनाले मार्गरेट कोर्टको २४ ग्राण्डस्लाम उपाधिसँग बराबरी गर्ने अवसरलाई कजखस्तानकी २१ वर्षीय सुन्दरी एलेना रिबाकिनाले पूर्णविराम लगाइदिइन । तर सेरेनाले जुन २८ देखिसुरु हुने विम्बल्डन टेनिसमा ग्राण्डस्लाम उपाधिसँग बराबरी गर्ने अर्को अवसर भने कायम नै छ ।