काठमाडौं – बढ्दो कोरोना भाइरसको महामारीका विरुद्ध सुरक्षित हुन डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख खोपको मात्र दिने भएको छ । डेनिस सरकारले पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पत्रमार्फत् जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले बताउनु भएको छ । टिकंरीले बताए अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।

नेपाललाई हालसम्म छिमेकी राष्ट्र भारतले ११ लाख, चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेका छन् । कोभ्यास कार्यक्रमार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ । अमेरिकाले पनि कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

यसका साथै नेपालले भारतको शेरम इन्स्टिच्युटसँग २० लाख कोभिसिल्ड खोपको मात्रा खरिद गरेको थियो । त्यसमध्ये १० लाख मात्रा आएर प्रयोग भैकसकेको छ भने बाँकी १० लाख अझै आउनु बाँकी छ । भारतले आफ्नै देशमा कोरोनाको महामारी भएका कारण नेपाललाई दिन बाँकी १० लाख मात्रा खोप तत्काल उपलब्ध गराउन नसकिने बताइ सकेको छ ।