काठमाडौं–नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड –१९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागेको आरोप लगाएको छ ।
नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई÷दुई रुपैयाँले वृद्धि गरेको थियो । निगमले शनिबार राति १२ लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई, दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १ सय २५ रुपैयाँ, डिजल र मट्टितेल १ सय ८ रुयैयाँ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम गरेको छ ।
निगमले भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै मूल्य बढाएको छ । केही हप्ता अघि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले पेट्रोल, डिजेल, मट्टितेल मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको हो ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपालमा पनि मूल्य बढाउन बाध्य भएको निगमको भनाई छ । यस्तै अवस्था रहे आगामी दिनमा पनि निगमले इन्धनको मूल्य बढाउन बाध्यता अवस्था आउने समेत बताएको छ ।