काठमाडौं – नेपालमा आज पछिल्लो २४ घण्टामा थप आठ हजार छ सय ६३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो दिनमा यो सङ्क्रमणबाट निको हुनेको सङ्ख्या केही बढेको छ । तर पनि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्यामा भने खासै कमी आएको छैन । आज मुलुकभर छ हजार छ सय ५३ जना कोरोना भाइरस सङ्क्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा चार हजार ६ सय २४ र छ हजार ६ सय ३१ एन्टिजेन परीक्षणमा २०२९ गरी कुल छ हजार ६ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङख्या ९७ हजार ६९९ रहेको छ । निको हुनेको कुल सङ्ख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।

त्यसैगरी केहीदिन यता कोरोना भाइरसकै कारण मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज मृत्यु हुनेको सङ्ख्या हिजो जस्तै १ सय १ हरेको छ ।
आज काठमाडौं उपत्यकामा १ हजार ३ सय ८४ नयाँ थपिएका सङ्क्रमितहरुमध्ये काठमाडौंमा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना रहेका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार मोरङमा ३११, कास्कीमा २८२, सुनसरीमा १९९, झापामा १६९, ओखलढुङ्गामा १४४, सिन्धुपाल्चोकमा १३९, धनुषामा १३३ र काभ्रेपलाञ्चोकमा १२० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ ।

यस्तैगरी चितवन र मकवानपुरमा ९२÷९२ जना, सुर्खेतमा ८६, रूपन्देहीमा ८५, बारामा ८१, गोरखामा ७०, बर्दियामा ६८, धादिङ, स्याङजा र बाँकेमा ६५÷६५ जना, नुवाकोटमा ६१, सिरहामा ५८,नवलपरासी पूर्वमा ५७, दाङ र कैलालीमा ५१÷५१ जना तथा तनहुँमा ५० जना नयाँ थपिएका छन् । रामेछापमा ४८, अछाममा ४७, सप्तरीमा ४३, कपिलवस्तुमा ४१, कञ्चनपुरमा ३८, सर्लाहीमा ३५, सिन्धुलीमा ३३, डोटीमा ३२, डडेल्धुरामा २८, रौतहटमा २७, उदयपुरमा २५, दैलेखमा २२, नवलपरासी पश्चिममा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पर्सामा १९, पाल्पामा १८, रूकुम पश्चिममा १७, महोत्तरी र अर्घाखाँचीमा १५÷१५ जना, दोलखामा १२, प्युठानमा ९, रोल्पामा ७, पर्वत र सल्यानमा ६÷६ जना, सोलुखुम्बु, बागलुङ र जुम्लामा ५÷५ जना, धनकुटा, भोजपुर र बैतडीमा ४÷ ४ जना, इलाम, संखुवासभा र कालिकोटमा ३÷३ जना, खोटाङ, जाजरकोट, मुगुमा २÷२ जना तथा पाँचथर, रसुवा, गुल्मी, रूकुम पुर्व, हुम्ला, बझाङ र बाजुरामा १÷१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयले जनाए अनुसार आज १० वर्ष मुनिका १२६ र ११ वर्षदेखि २० वर्ष उमेर समूहका ४५४ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् ।