फाइल तस्विर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जुन १६ मा भोट हुँदैछ । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनसँग हुने भेटवार्तालाई लिएर आफु त्यति आशावादी नरहेको बताएका छन् ।


राष्ट्रपति पुटिनल सेन्ट पिटर्सबर्ग भएको एक कार्यक्रमका कारण जुन १६ मा स्वीट्जरल्याण्डको जेनेभामा हुने बाइडेनसँगको भेट सम्बन्ध सुधारका लागि यो भेट खासै अपेक्षा र अर्थपूर्ण नहुने बताएका हुन् । रुस र अमेरिकाबीचको सम्बन्ध पछिल्लो समय शितयुद्ध यताकै तनावपूर्ण र कमजोर अवस्थामा छ ।

अमेरिकी राष्ट्रपतिसँगको अहिलेको भेटका क्रममा कूटनीतिक रुपमा महत्वपूर्ण रहेका विषयहरुमा कुनै ‘ ब्रेकथ्रु ’ हुने कुनै सम्भावना नरहको रुसी राष्ट्रपतिको भनाइ छ । राष्ट्रपति पुटिनले हालका दिनहरुमा अमेरिकी कम्पनीहरुमाथि भइरहेको साइबर आक्रमण आफ्नो देशबाट भएको भन्ने आरोप पनि अस्वीकार गरेका छन् । यस्तै रुसले अमेरिकी चुनावमा दखल दिएको भन्ने आरोप पनि सत्य नरहेको बताएका छन् ।
राष्ट्रपति पुटिनले गएको जनवरीमा संसद भवनमा भएको आक्रमणमा संलग्नलाई कानूनी दायरामा ल्याउने क्रममा अमेरिकाले द्वेध चरित्र देखाएको भनि आरोप लगाएका छन् । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिसँग विदेशमा सरकार विरोधी प्रदर्शनमाथि भएका दमन या गतिविधिविरुद्ध आफुले बोल्न उपयुक्त नहुने रुसी राष्ट्रपतिको भनाइ छ । ब्रेक थ्रु