फाइल तस्बिर
नयाँदिल्ली –भारतमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय २९ मा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरसको सङक्रमबाट निको हुनेको सङ्ख्या १ लाख ९७ हजार ८ सय ९४ जना रहेको छ भने उक्त सङ्क्रमणकै कारण ३ हजार ३ सय ८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म २ करोड ८६ लाख ९४ हजार ८ सय ७९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये २ करोड ६७ लाख ९५ हजार ५ सय ४९ जनाले उक्त सङ्क्रमणबाट सन्चो भैसकेका छन् । भारतलमा अहिलेसम्म कोरोना भाइरसकै सङ्क्रमण निको हुन नसकेर ३ लाख ४४ हजार ८२ जनाले ज्यान गुमाएका छन् ।

भारत कोरानो भाइरसको महामारीलाई न्यूनीकरण गर्न हर प्रयास गरिरहेको छ । उसले अहिलेसम्म २२ करोड ७८ लाख ६० हजारभन्दा बढी आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोपको लगासकेको छ । भारत विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो ।