फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीया अमेरिकी सेरेना विलियम्स चम्किरहेकी छिन् । बढ्दो उमेरसँगै उनले टेनिसमा आफ्नो एकछत्र राज कायम राख्नै फ्रेन्ट ओपाल टेनिस प्रतियोगिताको चौंथो चरणमा प्रवेश गरेकी छन् । सेरिना चौंथो चरणमा प्रवेशगर्दा आफ्नै देश अमेरिकाकी डानियल कोलिन्सलाई हराएकी हुन् ।
महिला टेनिस वरियातमा विश्व नं सात कि सेरेनाले डानियललाई ६–४, ६–४ को सोझो सेटमै पाखा लगाएर विजयको शिखरतिर लम्किदै छन् ।
अब सेरेनाले चौंथो चरणमा विश्व वरियातमा २१ औं स्थानकी काजखस्तान खेलाडी एलेना रिबाकिनासँग भिड्नु पर्ने छ । सेरेनालाई अबको भिडन्त भने त्यति सजिलो नहुन सक्दछ ।
त्यसैगरी हिजो भएको अर्को खेलमा महिला टेनिसमा तेस्रो बरियताकी बेलारुसकी खेलाडी एरिना साबालेन्कालाई एनास्तासिया पाभ्ल्युचेन्कोभले ६–४, २–६ र ६–० ले पराजित गरी अर्को चरणमा प्रवेश गरेकी छन् ।