काठमाडौं– धादिङ जिल्ला अदालतका ५५ वर्षीय न्यायाशीध देवेन्द्र पौडेलको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । न्यायाधीश पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

विगत २ वर्षदेखि धादिङ जिल्ला अदालतमा कार्यरत न्यायाशीध पौडेलमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उपचारका गराइरहनु भएकामा पछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई ललितपुर सानेपास्थित स्टार हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।