लण्डन– बेलायतकी महारानी एलिजावेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच आगामी जुन १३ तारिका दिन भेटवार्ता हुने तय भएको छ । अमेरिकी राष्ट्रपति बाइडेन बेलायती महारानीलाई भेट्न उनकै बकिङहम दरबारमा जानेछन् । बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त कुराको जानकारी गराएको हो ।

‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ’ बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन केही हप्तापछि बेलायतमा हुने जी ७ को सम्मेलनमा जाँदा सोही अवसरमा राष्ट्रपति बाइडेनले बेलायती महारानीलाई भेट्ने तय भएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण भएको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन् ।

जुन ११ देखि १३ तारिख (तीन दिन) सम्म जी–७ को सम्मेलन बेलायतमा हुँदैछ । उक्त सम्मेलन विश्व राजनीति र विश्व अर्थतन्त्रको बारेमा विश्लेषण गरिंदै आगामी रणनीतिको बारेमा छलफल हुने भएकाले यो सम्मेलनलाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ । बेलायतमा हुने उक्त सम्मेलनमा अन्य देशका शीर्ष नेताहरुको पनि सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले उल्लेख छन् ।