काठमाडौं – कोरोना महामारीको बीच बजार बन्द हुँदा पनि पहेंलो धातु सुनको मूल्यले उकालो चडिरहेको छ । सोही क्रममा आज तोलामा चार सय रुपैयाँले बढेको छ । अस्ति र हिजो दुई दिन स्थिर रहेको सुनको मूल्य आज बिहीबार भने चार सय रुपैयाँले बढेको छ ।

बिहीबारका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्ला दुई दिन सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य भने मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । चाँदीभने मङ्गलबार र बुधबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो ।