नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही गाउँपालिकाका वडा नं ३ का ५५ वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का ६५ वर्षीया महिला, दैलेख आठविस नगरपालिका वडा नं.४ का ३० वर्षीया महिला र सल्यान कालीमाटी गाउँपालिका वडा नं. १ का ३७ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये भेरी अस्पतालमा तीन जना र कोहलपुर अस्पतालमा दुई जनाको मृत्यु भएको हो । योसँगै बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ ।