काठमाडौं– नेपालले आज विश्वकप र एसियाली छनौटअन्तर्गत दोस्रो चरणको फुटबल खेल्दै छ । कुबेतमा नेपाली समय अनुसार आज राती ९ः४५ बजेको समयमा नेपालले चाइनिज ताइपेइसँग खेल्ने छ । नेपालले यस अघि ५ खेल खेल्दा ४ हार र १ खेलमा चाइनिज ताइपेइलाई हराएर जित निकालेको थियो । आफ्नो छैटौं खेलमा नेपाल पुनः आज चाइनिज ताइपेईसँग खेल्दै छ । आजको खेलमा पनि नेपालले चाइनिज ताइपेइलाई हराएर एसियाली फुटबलको ढोका खोल्न चाहन्छ ।

समूह ‘बी’ मा रहेको नेपालले ५ खेलबाट ३ अङ्क जोडेर चौंथो स्थानमा छ । शीर्षस्थानमा रहेको अस्ट्रेलियाको १२ अङ्क छ । ५÷५ खेल खेलेका जोर्डन र कुवेतको समान १० अङ्क बटुलेका छन् । चाइनिज ताइपेइले भने यस अघिका सबै ५ खेलमा हार व्यर्होदा अन्तिम अन्तिम स्थानमा छ । नेपालले चाइनिज ताइेपईलाई मात्र हराएको छ । समूहमा हरेक टोलीले प्रत्येकसँग दुई दुई खेल खेल्ने प्रावधान छ । होम एन्ड अवेका आधारमा खेल्नुपर्ने भएपनि कोरोना भाइरसको लगातारको महामारीका कारण हरेक समूहका बाँकी खेलहरु एकै स्थानमा आयोजना गर्ने निर्णय भएको हो । नेपालले चर्को गर्मीका बावजुध कुवेतमा आजबाट खेल खेल्ने छ । नेपालमा खेलाइने भनिएको खेल कोरोना भाइरस सङ्क्रम र अन्य प्राविधिक कारणले यो खेल कुवेतमा खेलाइएको हो ।

एसियाली छनोटको दोस्रो चरणमा ८ वटा समूह छन् । जोर्डनसँग जुन ७ र अस्ट्रेलियासँग जुन ११ तारिखमा खेल्ने छ । समूहको शीर्ष टोली छनोटको तेस्रो चरणमा पुग्ने छ भने एसिया कपमा पनि छनोट हुनेछ । आठ समूहका चार वटा बेस्ट ‘उपविजेता’ टोली पनि तेस्रो चरण र एसिया कपमा पुग्नेछन्। बाँकी चार उपविजेता टोली एसिया कपको तेस्रो चरणको लागि छनोट हुनेछन् । नेपालले अब चाइनिज ताइपेईबाहेक जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी छ । पहिलो प्रतिस्पर्धामा नेपालले अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० गोलको हार ब्यहोरेको थियो ।

समूहको तेस्रो स्थानमा रहने टोली एसिया कपको तेस्रो चरणका लागि छनौट हुनेछन् । ८ वटा समूहका चौथो स्थानमा रहने चार वटा बेस्ट टोली एसिया कपको तेस्रो चरणको छनौटमा पुग्नेछन् । बाँकी चार वटा टोली र पाचौँ स्थानका टोलीले एसिया कप छनोट खेल्न प्ले अफमा प्रतिस्पर्धा गर्नेछन् । नेपालको सम्भावना एसिया कपको तेस्रो चरणको छनोटमा स्थान बनाउनु हुनेछ ।

चाइनिज ताइपेईलाई यसअघि पनि हराएकाले नेपालको लागि समानस्तरको प्रतिद्धन्द्धी हो । जोर्डन र अस्ट्रेलिया नेपालभन्दा निकै बलिया हुन् । नेपाल आजको खेलमा पनि चाइनिज ताइपेइ हराएर एसियन कपमा जान चाहेको छ । चाइनिज ताइपेइ पनि नेपाललाई हराएर पहिलो चरणमा व्यहोरेका हारको बदला लिन चाहन्छ ।

चर्को गर्मी भएले नेपाल र चाइनिज ताइपेइलाई खेल्न निकै समस्या हुने त छ नै तर पनि आजकोे खेलबाट जित निकालेर नेपाल समूहको चौंथो स्थानमा रहँदै एसियन कपको यात्रा सुरक्षित बनाउन चाहन्छ ।