नाफ्ताली बेनेट

इजरायलमा नेतन्याहुको १२ वर्षे शासनकाललाई अन्त्य विपक्षी दलहरु गठबन्धन गरेर नयाँ सरकार गठन गर्न एकै ठाउँमा उभ्भिएका छन् । विपक्षी दलहरुबीच नयाँ सरकार बनाउने सम्बन्धमा सहमति भएसँगै प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य हुन लागेको हो ।
गठबन्धनको मध्यमार्गी ‘यश अतित’ नामक पार्टीका नेता यायर लेपिडले नेत्यान्याहुको शासन अन्त्य गर्दै गठबन्धनको नयाँ सरकार बन्ने घोषणा गरेका हुन् । गठबन्धन दलहरुको सहमतिमा न्यू राइट पार्टीका नेता नाफ्ताली बेनेटको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । नेता बेनेटले रोलक्रममा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति भएअनुसार उनी इजरायलको नयाँ प्रधानमन्त्री बन्ने छन् । नेता बेनेट सन् २०२३ को अगस्टसम्म इजरायलको प्रधानमन्त्री रहने छन् । उनी न्यू राइट पार्टीका नेता हुन् । सहमतिको आधारमा सरकारको नेतृत्व गर्ने भएकाले सन् २०२३ अगस्टपछि गठबन्धन पार्टीकै सदस्य लेपिड प्रधानमन्त्री बन्ने छन् ।


लेपिडद्वारा जारी गरिएको विज्ञप्तीमा सहमतिबारे राष्ट्रपति रेउवेन रिभ्लिनलाई समेत जानकारी गराइसकिएको उल्लेख गरेका छन् । नयाँ सरकारले सबै इजरायली नागरिकको हितमा काम गर्ने पनि लेपिडले बताएका छन् । गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा विश्वासको मत लिनु पर्ने छ । नयाँ सरकारले विपक्षीलाई पनि सम्मान गर्ने उनले उल्लेख गरेका छन् । विपक्षी गठबन्धनका नेता लेपिड, बेनेट र अरब इस्लामिस्ट राम पार्टीका नेता मन्सुर अब्बासले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

इजराली इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहू नेतृत्वको सरकारको अन्त्य हुने भएको छ । सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका नेतन्याहू विगत १२ वर्षदेखि देशको प्रधानमन्त्री छन् । प्रधानमन्त्री नेतन्याहूले भने सहमतिको सरकार बनाउने नयाँ प्रयासले इजरायललाई कमजोर बनाउने दाबी गर्दै आएका छन् । नेत्यान्याहुले सत्तामा रहेर निर्वाचन गराउँदा प िनगत मार्चमा भएको आम निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिलाउन सकेनन् ।


भ्रष्टाचारको मुद्दा खेपिरहेको नेतन्याहुको अलोकपृयता बढेसँगै इजरायलमा गठबन्धनका दलबीच सहमति भएर नयाँ सरकार बनाउने गृहकार्य भएको हो । राजनीतिक अस्तिरता भित्र रुपलिएको इजरायलमा विगत दुई वर्षको बीचमा मार्चमा भएको निर्वाचन समेत चौंथो पटक निर्वाचन भएको थियो । त्यहाँ कुनै पार्टीले बहुमत ल्याउन नसक्दा यतिबेला गठबन्धनको सरकार बनाउन गृहकार्य भएको हो ।