महिलातर्फको फ्रेन्च ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा जित निकाल्दै सातौं बरियताकी सेरेना विलियम्ब तेस्रो चरणमा प्रवेश गरेकी छन् । सेरेनाले दोस्रो चरणको खेलमा आफ्नी प्रतिद्वन्दी रोमानियाकी मिहाएला बुजार्नेस्कुमाथि सङ्घर्षपूर्ण जित निकाल्दै तेस्रो चरणका लागि स्थान पक्का गरेकी हुन् ।

३९ वर्षकी सेरेनाले मिहाएलालाई ६–३, ५–७ र ६–१ सेटमा पराजित गरेकी हुन् । उनले अन्तिम ३२ मा आफ्नै देश अमेरिकीकै खेलाडी डानिएल कोलिन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।


यस्तैगरी अर्को खेलमा १० औं बरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई रुसी खेलाडी दारिया कासात्किनाले पराजित गरेर अर्को चरणमा प्रवेश गरेकी छन् ।