काठमाडौं–  साताको चौथो दिन आज ११ अर्ब ३५ करोड बराबरको सेयर कारोबार भएको छ । सेयर बजारमा ५५ दशमलव ७६ अङ्कले बृद्धि भएको छ । २ दशमलव १ प्रतिशतले बढेको बजार २ हजार ८ सय २७ दशमलव १२ बिन्दुमा अडिएको छ । कारोबार रकम भने घटेको छ । साताको चौथो दिन आज  ११ अर्ब ३५ करोड बराबरको सेयर कारोबार भएको छ । 
म्युचुअल फण्ड बाहेक सबै समुह उचालिएको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सेयर मूल्य ५ सय ६ रुपैयाँ पुगेको छ । राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर २३ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा नेपाल रि इन्सुरेन्स अगाडी छ । यसको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।