काठमाडौं – अपि हाइड्रोपावर कम्पनीले भोलि जेठ २० गतेदेखि हकप्रद सेयर बिक्रि खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । अपिको हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 
 हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुङ्गा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । हाल यसको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ४ अर्ब रुपैयाँ छ ।