काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा आज ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरीवृत थानकोटका डिएसपीले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा उदयपुर बेलुवा–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँ पालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ रहेका छन् । पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र  धादिङ गल्छी गाउँ पालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते भएको महानगरीय प्रहरीवृत थानकोटले जनाएको छ ।