चीन– चीनको जाङ्सु प्रान्तका एक ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । उक्त प्रकारको बर्डफ्लुलाई ज्ज्ञण्ल्घ (एच१०एन३ नाम दिइएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि उनलाई कसरी उक्त भाइरस स¥यो भन्नेबारेमा विस्तृत विवरण उपलब्ध गराइएको छैन । तर, सो भाइरस मानिसबाट सहजै मानिसमा भने नसर्ने विश्वास गरिन्छ ।
जाङ्सु प्रान्तका ती व्यक्ति अहिले निको भएर घर फर्किसकेका छन् । कन्ट्रयाक्ट ट्रेसिङका क्रममा उनको सम्पर्कमा आएका अरूमा उक्त भाइरस देखिएको छैन । बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) का अनुसार ती व्यक्ति २८ अप्रिलमा अस्पताल भर्ना भएका थिए । एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार यसअघि विश्वमा कुनै मानिसमा पनि ज्ज्ञण्ल्घ को सङ्क्रमण भेटिएको थिएन । यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ ।