नेपालका लागि फ्रान्सका राजदूत फ्रांकोइस ह्याभिर लेगरले एक समारोहबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै लेगरले कोरोना महामारीविरुद्ध नेपालको लडाइँमा फ्रान्स सधैँ साथमा रहेको बताए । यो महामारीविरुद्ध वैश्विक सहकार्य आवश्यक रहेको बताउँदै फ्रान्सहित युरोपियन युनियनका अन्य सदस्य राष्ट्रहरु नेपाल र नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए । फ्रान्स सरकारले कोरोना महामारीविरुद्ध लड्न ७ टन बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । 
नेपाल सरकारले गरेको सहायताको अपिल अनुसार फ्रान्सको सरकारले मास्क, एन्टिजेन किट, भेन्टिलेटर र भाइजरहरु सहयोग गरेको हो । स्वास्थ्य सामग्रीसहित एयरबस ए३५० विमान आज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसमा ५ लाख ४ हजार एपएफपी२ मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट किट, १२ हजार प्रोटेक्सन ग्लास, ९ वटा ओसिरिस रेस्पिेटर र ५ वटा सिरियस ५० रेस्पिरेटरहरु रहेका छन् ।