काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । मङ्गलबार कारोबार भएको रकम बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । यता तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रुपैयाँले घट्दै  १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।