नवलपरासी – पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी भएको छ । देवचुली नगरपालिका वडा नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गसँगै रहेको चौधरी उद्योग ग्राममा फ्याक्ट्री र गोदाममा आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ । आज बिहान करिब ८ः१५ बजे फ्याक्ट्रिमा लागेको चौधरी उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिनु भएको हो ।
उक्त फ्याक्ट्रीमा के कसरी आगलागी भयो भन्नेकुरा अहिलेसम्म आउन सकेको छैन । विद्युत सट भएले आगलागी भएको अनुमान प्रहरीले गरेको छ । आगो नियन्त्रणमा लिन दमकल, नेपाली सेना, नेपाल प्रहरीका साथै उद्योगमा कार्यरत कामदार कर्मचारी र स्थानीय जनता लागेका छन् ।