काठमाडौं – सरकारले चिनियाँ अनुदानमा पाएको कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल नामक खोप जेठ २५ गतेदेखि लगाउने व्यवस्था गरेको छ । उक्त खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तोएिको केन्द्रमा खोप लगाउन जाने व्यक्तिले आफ्नो नागरिकता वा उमेर खुल्ने कुनैपनि सरकारी कागजात वा वडा कार्यालयको सिफारिस लिएर जानु पर्ने छ । पहिलो चरणमा खोप लगाएकाहरुको लागि दोस्रो चरणको खोपका लागि समेत सुनिश्चितता हुनेगरी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । चीन सरकारको अनुदान सहयोगमा दिने भनिएको १० लाख खोपमध्ये हिजो ९ लाख ८ सय खोप नेपाल आइपुगेको छ । अमेरिका र बेलायतबाट खोप ल्याउन यस अघि नै सरकारले पत्राचार गरिसकेको छ ।