फ्रेन्ट ओपन टेनिस प्रतियोगिताको पहिलो चरणका खेल भैरहँदा विश्व वरियातका खेलाडीहरुले विजयी सुरुवात गरेका छन् । विश्व नं. १ का सर्बियन खेलाडी नोभाक जोकोविच र फ्रेन्च ओपन टेनिसको २१ औं ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेका विश्व नं. ३ का स्पेनिस खेलाडी राफायल नाडाल र फ्रेन्च ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् ।

विश्व नं १ का नोभाक जोकोविच पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । सर्बियन खेलाडी जोकोविचले अमेरिकी टेनिज सान्डग्रेनलाई ६–२, ६–४ र ६–२ को सेटमा हराएर आफ्नो विजयी यात्राको सुरुवात गरेको छन् ।

यसैगरी अर्को खेलमा ३४ वर्षीय नाडालले अस्ट्रेलियन खेलाडी एलेक्सी पोपिरिनमाथि ६–३, ६–२ र ७–६ (७–३) को जित निकालेर दोस्रो चरणमा प्रवेश गर्दै फ्रेन्ट ओपन टेनिसको उपाधी जित्ने सुरमा छन् ।

अर्को खेलमा सातौं बरियताका रुसी खेलाडी एन्ड्री रुबेल्भ भने ४२ औं बरियताका जर्मन खेलाडी जेन–लेनार्ड स्ट्रूफसँग पराजित भएर पहिलो चरणबाटै बाहिरिन पुगेका छन् ।