बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघले आक्रमण गर्दा एकजना महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं ५ की नन्दकला थापाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएकी ६६ वर्षीया थापालाई बाघले आक्रमण गरेर जङ्गलभित्र लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । खोजी गर्दा मृतावस्थामा फेला पारिएका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जको सीमा बाहिर रहेको सामुदायिक वनमा सोमबार बाघले ती महिलालाई आक्रमण गरेको हो । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशिम थापाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रको जङ्गलमा रहेका बाघको आक्रमणबाट पोहोर साउनदेखि अहिलेसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।