बुटवल – नवलपरासीको चरङ्गेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनापछि भण्डारीलाई लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो । कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीलाई भने चोटपटक नलागेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए ।

उक्त सडक खण्डमा नयाँ चालक भएकाले सडकको अवस्था राम्रोसँग जानकारी नहुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गरेका भण्डारी अहिले त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक रहँदै आएका थिए ।