युरोपक फुटबल अन्तर्गत गए राती भएको खेलमा इंग्ल्याण्डले जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इंग्ल्याण्डले ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकाउटचरणमा जर्मनलाई स्तब्ध बनाउँदै युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको हो ।

गएराति लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले जर्मनलाई २–० गोल अन्तरले हराएको हो । यो जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा जर्मनसँग बेहोरेको हारको बदला समेत लिएको छ । खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेल्दै गोल हुन सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । तर दोस्रो हाफमा इंग्ल्याण्डले जर्मन टिममाथि धावा बोल्दै दुई गोल गर्न सफल भयो ।

इंग्ल्याण्डका लागि राहम स्टर्लिङले ७५औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने टिमका कप्तान ह्यारी केनले खोलको अन्त्य तिर जाँदैगर्दा ८६ औं मिनेटमा गोल गर्दै जर्मन टिम २–० गोलको अन्तरले पराजित हुन पुग्यो । जर्मनको यो हारसँगै ग्रुप अफ डेथमा रहेका सबै टिम युरोकप २०२० बाट बाहिरिएका छन् ।