काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्सेमा ४७ दशमलव ४९ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलव ४९ अङ्कले गिरावट आउँदै २८२८ दशमलव ०० विन्दुमा झरेको हो ।

यस यघि ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ९ अङ्कले घट्दै ५२३ दशमलव ७० विन्दुमा झर्न पुगेको छ । यस दिन ठूलो अङ्कले नेप्सेमा गिरावट आउँदै गर्दा यता कारोबार रकम समेत ६ अर्बमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८० पटक किनबेच हुँदा कुल ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूह ऋणात्मक भएका छन् । यस समूहको सूचक २६् दशमलव ४ अङ्कले वृद्धि हुँदा मङ्गलबार सो समूहको नेप्से परिसूचक ० दशमलव ५१ विन्दुले बढ्न पुगेको हो ।