वीरगञ्ज – पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।

रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् । चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । चट्याङ लागेर जिराभवानीम तीन जना सामान्य घाइते छन् ।