काठमाडौं – चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइलनमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उसले २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो । पुस्कास एरिनामा भएको खेलमा टोमास होलेस र पाट्रिक सिकले एक–एक गोलको साझेदारी गर्दै चेक रिपब्लिकलाई जित दिलाएका थिए । पहिलो हाफ गोल रहित बारबारी खेलेको चेक रिपब्लिकले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।
दोस्रो हाफको १० मिनेटमै दश खेलाडीमा सिमित हुन पुगेको नेदरल्यान्ड्समाथि खेलको ६८ औँ मिनेटमा होलेसले हेड मार्फत गोल गर्दै चेक रिपब्लिक टिमलाई अग्रता दिलाएका थिए । नेदरल्यान्ड्सका म्याथ्युज डी डिडले रातो कार्ड खाँदै मैदान बाहिरिए पछि चेक रिपब्लिकलाई जित निकाल्न केही सहज वातावरण बन्न पुग्यो । चेकका लागि पुनः ८० औं मिनेटमा सिकले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए । अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन् । डेनमार्क वेल्सलाई ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । चेक रिपब्लिक क्वाटरफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ ।