बङ्गलादेश– बङ्गलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर नघटेपछि बङ्गलादेशमा सरकारले भोली सोमबारदेखि कडा खालको ‘लकडाउन’को घोषणा गरेको हो ।
बङ्गलादेशमा पछिल्लो केही दिनयता कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्याबढ्दै गएपछि कडा लकडाउनकोे घोषणा गरिएको प्राप्त समाचारमा जनाइएको छ । बङ्गलादेशी सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको जनाइएको छ । लकडाउन आगामी सोमबारबाट सुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ ।
बङ्गलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । आवामी लिगका महासचिव समेत रहेका सरकारकका यातायातमन्त्री अब्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको बताएका थिए ।