अमेरिका– संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडा राज्यको मयामी शहरमा बिहीबार १२ तले भवन भत्किँदा ठूलो दुर्घटना भएको छ । एक अधिकारीले बताए अनुसार उक्त भवनको भग्नावशेषमा परी एक जनाको मृत्यु हुनुको साथै ५० जनाभन्दा धेरै मानिसहरु पुरिएरको समाचारमा जनाइएको छ । उक्त भवनमा कति मानिस थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन । यो भवन सन् १९८० मा मियामीको उत्तरी क्षेत्रस्थित सर्फसाइड टाउनमा निमार्ण भएको थियो । बीबीसीले जनाए अनुसार सो १२ तले भवनमा दुई सय ३० वटा फ्ल्याट थिए । जसमध्ये आधाभन्दा बढी फ्ल्याट ढलेका छन् ।

एक प्रत्यक्षदर्शीले सीबीएस मियामी च्यानलसँग कुरा गर्दै ‘हामीले ठूलो र चर्को आवाज सुन्यौ, हामीलाई कुनै मोटरसाइकलको आवाज हो कि भन्ने लागेको थियो, तर हामीले पछाडि फर्किएर हेर्दा धुवाँको ठूलो बादल देखिएको थियो’ भनेका छन् । त्यस्तै अर्का एक व्यक्तिले पनि त्यसबेलाको दृष्य सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कका जुम्ल्याहा टावरहरु ध्वस्त भएको बेलाको जस्तो देखिएको बताएका छन् भनि समाचारमा जनाइएको छ ।