ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियागित अन्तगर्त समूह ‘ए’ बाट चार बटै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अर्जेन्टिना भने आफ्नो समूहको शीर्ष टोली बन्दै क्वाटरफाइनलमा पुगको हो भने पाराग्वे, चिली र उरुग्वे सङ्घर्षपूर्ण जित निकाल्दै अर्को चरणमा प्रवेश गरेका हुन् । यी टिमले कुन स्थानमा रहेर कोसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने भन्ने तालिका प्रष्ट भैसकेको छैन ।

आज शुक्रबार बिहान भएको खेलमा उरुग्वेले बोलिभियालाई हराउँदा क्वाटरफाइनलको यात्रा तय गरेको हो भने बोलिभिया समूह चरणबाटै बाहिरिन पुगेको छ । उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरेका थिए भने अर्को एक गोल बोलिभियाबाट आत्मघाती गोल उपहार पाएको थियो ।