काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घट्दै ९० हजार ५ सय रुपैयाँ कायम भएको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ । चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै १ हजार २ सय ९५ रुपैयाँमै कारोबार भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।