नेपाली समय अनुसार आज बिहान पौने ६ बजे कोपा अमेरिका फुटबल खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सतप्रशित नतिजा निकालेको छ । खेल भएको नौ मिनेटमा कोलाम्यिाले सानदार गोलगर्दै सुरुवाती अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा ब्राजिलले पहिलो हाफमा खेलमा फर्कने प्रयास गर्दा पनि गोल गर्न चुकेको थियो ।


खेलको दोस्रो हाफ पछि ब्राजिल खेलमा फर्किंदै कोलम्बियामाथि हावी हुन थाल्यो । मध्यान्तर पछि ब्राजिल खेलमा फर्कंदै कोलम्बियामाथि २–१ को गोल सङ्घर्षपूर्ण जित निकाल्दै आफ्नो समूहमा सतप्रतिशत जित सहित अर्को चरणमा प्रवेश गरेको छ ।