अघिल्लो संस्करणको युरोकप विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स दोस्रो चरणमा प्रवेश गरेका छन् । हिजो राती नेपाली समयअनुसार पौने १ बजे सुरु भएको खेलमा पोर्चुगल र फ्रासबीच भएको खेलमा दुवै टिमले २–२ बराबरी गोल गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
साविक विजेता पोर्चुगल र साविक विश्वकप विजेता फ्रान्ससहित जर्मनी युरोकप फुटबल २०२० को दोस्रो चरण पुगेका छन् । बुधबार राती सम्पन्न भएको खेलमा आपसमा २–२ गोलको बराबरी खेल्दै फ्रान्स र पोर्चुगलले नकआउट चरणमा स्थान पक्का गरेका हुन् । आजै राती भएको अर्को खेलमा जर्मनी र हंगेरीबीच भएको खेल बराबरीमा टुङ्गिएपछि जर्मन पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘एफ’मा ३ खेलपछि ५ अङ्क भएको फ्रान्स समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको हो भने ४ अङ्क जोड्दै जर्मन उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । त्यसो त पोर्चुगलको पनि ४ अङ्क नै छ । फ्रान्सविरुद्ध पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका हुन् । उनले दुवै गोल पेनाल्टिमा गरेका । यसैगरि फ्रान्सका लागि दुवै गोल करिम बेन्जेमाले गोल गरेका थिए । खेलमा सुरुवाती ३१ औं मिनेट पोर्चुगलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै बेन्जेमाले जर्मनीलाई खेलमा फर्काए ।

खेलको ४७ औं मिनेटमा फ्रान्सले अग्रता लिएको थियो । तर पोर्चुगलले ६० औं मिनेटमा पाएको पेनाल्टीको अर्को अवसरमा पोर्चुगाली टिमका कप्तान रोनाल्डो गोलगर्दै जाली चुमाए । उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अलि दाईको एक सय ९ गोलको विश्व कीर्तिमान बराबरी गर्न सफल पनि भए । क्रिस्टियानो रोनाल्डोको नाममा युरोकप र च्याम्पियन्स लिगमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान छ ।

प्रतियोगितामा समूह विजेता र उपविजेताका रुपमा समूह ‘ए’ बाट इटाली र वेल्स, समूह ‘बी’ बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’ बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’ बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’ बाट स्विडेन र स्पेन अर्को चरणमा प्रवेश गरेका छन् । शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेन पनि अगाडि बढेका छन् । युक्रेनबाहेक अन्य तीन टोलीले समान चार अङ्क जोडेका थिए ।