काठमाडौं – विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी सङ्गठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी सङ्गठनका नेताहरुको भनाइ छ । सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।