काठमाडौं – नेपालको व्यापारघाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । चालु वर्षको साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा व्यापारघाटा २४ दशमलव ६१ प्रतिशतले बढेर साढे १२ खर्बभन्दा बढी पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा आयात २५ दशमलव ६७ प्रतिशतले बढेर १३ खर्ब ७३ अर्ब रुपैयाँको पुगेको छ । त्यस्तै निर्यात ३७ दशमलव ७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब रुपैयाँ भएको छ । जेठ महिनामा भने जम्मा १३ अर्ब रुपैयाँको निर्यात भएको छ । व्यापारघाटा अत्याधिक वृद्धिसँगै चालु खाता, शोधनान्तर स्थितिमा चाप बढेको छ ।