काठमाडौं – साताको चौथो दिन आज सेयर बजारमा नेप्से परिसूचक ५१ दशमलव ६५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक ५१ दशमलव ६५ अङ्कले घटेर २८६२ दशमलव १८ विन्दुमा झरेको हो ।

गत मङ्गलबार मात्र करिब हप्ता दिन लामो गिरावट पछि करिब ७९ अङ्कको वृद्धि हुँदै सेयर बजार २९१३ दशमलव २९ मा उक्लिएको थियो । तर, बुधबार पुन सेयर बजार ५१ अङ्क माथिले गिरावट आएको छ ।

यद्यपि, आज नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आइरहँदा कारोबार रकममा समेत निकै ठूलो सङ्कुचन आएको छ । आज कुल २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँको मात्र कारोबार भएको छ । साताको चौथो दिन आज नेप्सेमा सूचीकृत सबै समूहहरु ऋणात्मक भएका छन् ।