काठमाडौं– आज बुधबार पहेंलो धातु सुनको मूल्यमा गिरावत आएको छ । आज सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो ६ प्रतितोला छ सयले बढेको सुनको मूल्य आज बुधबार तीन सय रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँमा कायम भएको छ ।

यसैगरी चाँदीको मूल्य पनि सामान्य गिरावट भै प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ । हिजोभन्दा आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।