काठमाडौं – लोकप्रिय गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको हिट गीत फिमेल भर्सनमा पनि रिलिज भएको छ । आकर्षक भिडियो सहित रिलिज गीतमा गायिका अस्मिता अधिकारीको स्वर समेटिएको छ । सुनिलकै शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ । निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायाँंकन गरिएको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

गायक गिरीले ८ वर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर यो गीतको पुरुष भर्सनमा भिडियो बनाएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । ८ वर्ष पछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीको रहेको छ ।

अनिल कृष्ण मानन्धरको छायाँंकन र निर्देशन रहेको भिडियोमा सम्पादन र कलरिगं मनोज कार्कीले गरेका छन् । सार्वजनिक गीतमा टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा उत्कृष्ट एकलाई पुरस्कृत गरिने गिरीको भनाइ छ ।