काठमाडौं – काठमाडौंस्थित बालाजुमा बस र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ । महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिंदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लक्ष्मी परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस