काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत आइतबार एकैदिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य गत सोमबार ४ सय रुपैयाँले बढेको थियो भने, आज थप ६ सय रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै १ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।