ब्राजिल– ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।समूह ए अन्तर्गत भएको खेलमा आज बिहानको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १० औं मिनेटमा एलेहान्ड्रो डारिओ गोमेजले गरेको गोल नै निर्णायक बन्यो । अर्जेन्टिनाले यो जितसँगै सात अङ्क जोड्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

बलमा नियन्त्रण, पास तथा पोस्ट प्रहारमा बलियो रहेर पनि पाराग्वेले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्यो । अहिलेसम्म खेलेका तीन मध्ये दुई खेलमा जित दर्ता गरेको अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा छ ।

यसैबीच आजै बिहानै भएको अर्को खेलमा चिले र उरुग्वेले १–१ गोल गर्दै बराबरी खेलेका छन् । चिलेका लागि २६ औँ मिनेटमा एडुआर्डो भार्गासले गोल गरेका थिए भने उरुग्वेका लागि ६६ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै हारबाट जोगाएर बराबरीको नतिजा दिलाए । चिले पाँच अङ्कसहित दोस्रो तथा उरुग्वे एक अङ्कसहित चौंथो स्थानमा छ । अजेन्टिनासँग हारेको पाराग्वे तीन अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।