काठमाडौं– शेयर बजार परिसूचक–नेप्सेमा सोमबार एकैदिन ७१ दशमलव ०६ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा झरेको छ । यसअघि साताको पहिलो दिन आइतबार पनि ६३ भन्दा बढी अङ्कले नेप्से घटेको थियो । गत साता नेप्सले ३ हजार विन्दु पार गरेको थियो ।

सबै समूहका सूचक घटेका छन् । फाइनान्स र जलविधुत् समूह ५ प्रतिशतभन्दा बढी तथा विकाश बैंक र होटल तथा पर्यटन समूहको सूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ । सोमबार कारोबार भएका एक सय ८० वटा कम्पनीको सेयर मुल्य घटेको छ । नेप्सेले एक लाख ३० हजार ३ सय ९७ कारोबार भएकामा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर खरिद विक्री भएको जनाएको छ ।