सिन्धुपाल्चोक — वषौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका उपत्यकावासीले मेलम्चीको पानी खाने धोको पुनः अनिश्चित बनेको छ । मेलम्ची नदीमा आएको भिषण बाढी र पहिरोले गर्दा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग प्रवेशद्वारलाई बाढीले क्षति पु¥याउँदा अनिश्चितता उत्पन्न भएको हो ।
मेलम्ची नदीबाट १७ करोड लिटर पानी पठान्तरण गरी सुन्दरीजलमा खसाली दुई महिना परीक्षणका रुपमा वितरण गरिएको थियो । उक्त पानी वितरण भएपछि उपत्यकावासीले केही समय भित्र खानेपानीको समस्याबाट थोरै भए पनि राहत पाउने अपेक्षा गरेका थिए । सुरुङ्गमा पानी पठान्तरण गरेपछि के कस्तो समस्या आयो भनेर हेर्न र मर्मत सम्भार गरी दुई महिना पछि नियमित रुपमा मेलम्ची नदीको पानी पठान्तरण गर्ने योजना अनुसार असार १ गतेदेखि पानी पठान्तरणको कार्य रोकिएको थियो । हालै मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजार र मेलम्ची खानेपानी आयोजनामा नराम्रोसँग क्षति पुर्याएकोले अब मेलम्चीको पानी केही समय उपत्यकामा ल्याउन ढिलाई हुने भएको छ ।