काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । उतार चढाव हुने सुनचाँदी बजारमा अस्ति शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँ कमी आएको छ भने चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको नेपाल सुन व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ रहेको छ । अस्ति शुक्रबार सुन प्रतितोलो ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मुल्य पनि घटेर ८९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।

महासंघले आइतबारका लागि चाँदीको मूल्यमा प्रतितोला एक हजार दुई सय ९० रुपैयाँ कायम गरिएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।