तेहरान – इजरायलले इरानको राष्ट्रपति पदमा निर्वाचित इब्राहिम रइसीप्रति कटाक्ष गर्दै अन्तर्राष्ट्रिय समुदायका उनी एकदम खतरा हुने भनेको छ । इराजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइअतले इरानका सर्वाधिक कट्टरराष्ट्रपतिको रूपमा रइसीको विजय भएको बताएका छन् ।

इरानी राष्ट्रपति रइसीले अबका दिनमा इरानको परमाणु गतिविधिलाई बढाउने समेत इजरायली प्रवक्ता दावी गरेका छन् । इरानको राष्ट्रपति पदमा रइसी निर्वाचित भएको घोषण भए पछि इजरायलले यस्तो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

इरानमा प्रधान न्यायाधीशले अगस्टमा पदभार सम्हाल्दै छन् । जो चरम रूढीवादी विचार बोक्ने व्यक्ति हुन् भनिन्छ । यसले पनि इरानले परमाणु गतिविधिलाई प्रशय दिन सक्ने इजरायलको बुझाइ छ । रइसी राष्ट्रपतिमा निर्वाचित भएलगतै क्रान्तिकारी र भ्रष्टाचार विरोधी काम गर्नेे बताएका छन् । इरान र इजरायल दुवै एक अर्काका कट्टर विरोधी राष्ट्र हुन् ।

अमेरिकाले पनि रइसीलाई हेर्ने दृष्टिकोण राम्रो छैन । अमेरिकाले इरानी राष्ट्रपतिमा रइसीको विजयप्रति दुःख व्यक्त गरेको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने इरानी राष्ट्रपतिमा रइसीले जितेकोमा बधाइ दिएका छन् । रुसी राष्ट्रपति पुटिनले दुई देशबीच असल तथा मैत्रीपूर्ण छिमेकी सम्बन्धको विस्तार हुने विश्वास व्यक्त गरेका छन् । इरानी राष्ट्रपतिमा रइसीले जितेकोमा सिरिया, इराक, टर्की र युएइका नेताहरूले पनि बधाई दिएका छन् । यसले विश्व राजनीतिलाई ध्रुवीकरण गर्ने संकेत देखाएको छ ।