म्युनिख– गत संस्करणको युरोपक विजेता पोर्चुगल जर्मनसँग पराजित भएको छ । युरोकप फुटबल २०२० अन्तर्गत शनिबार राती भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले फराकिलो अन्तरले पराजित गरेको छ । खेल सुरुभएको १५ औं मिनेटमै पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले गोलको खाता खोलेका थिए । पोर्चुगलबाट दुई वटा गोल उपहार पाएको जर्मनीले होम ग्राउण्ड म्युनिखमा भएको खेलमा बाँकी दुई गोल भने जर्मन टिमका काई हाभार्ज्ट र रोबिन गोसेन्सले गोल गरे पछि पोर्चुगल ४–२ गोलको अन्तरले पछाडि परेको हो ।

पोर्चुगलका रुबेन डियासले ३५ औं र राफायल गुएर्रोले ३९ औं मिनेटमा आत्मघाती गोल गर्दा जर्मनी टिमलाई ठूलो राहत पुगेको हो । जर्मनले ५१ औं मिनेटमा हाभार्ज्ट र ६० औं मिनेटमा गोसेन्सले गोल गर्दै टोलीको जित सुनिश्चित बनाएका थिए ।

त्यसैगरी अर्को खेलमा विश्वकप विजेता फ्रान्स भने हङ्गेरीसँग बराबरीमा रोकिएको छ । तर पनि समूहमा २ खेलपछि फ्रान्स ४ अङ्कसहित शीर्षस्थानमा छ । दुई दुई खेल खेलेका जर्मनी र पोर्चुगलको ३÷३ अङ्क छ । दुवै टिमले एक जित र एक हार व्यरोरेका छन् । दुई खेल खेलेको हङ्गेरीको १ अङ्क मात्र छ । अब समूहको अन्तिम खेलमा जर्मनीले हङ्गेरी र पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छन् ।