काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितका लागि विभिन्न संघ संस्थाहरुले राहत संकलन गरी वितरण गर्न थालेका छन् । हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल विद्यालय, लाइन्स क्लब काठमाडौं, समर्पण एवं महेश्वरी समाजद्वारा संकलित राहत शनिबार हेलम्बु पठाइएको छ ।

राहत सामग्रीमा थाल १०० थान, गिलास १०० थान, कटौरा १०० थान, फ्राइपिन ५ थान, कम्मल १०० थान, प्रेसर कुकर २५ थान, त्रिपाल १ सय २२ थान, ग्यास चुलो ४८ थान रहेको छ । यस्तै प्लेट, थर्मस लगायतका भाँडा कुडाका साथै औषधि लगायतका सामग्री हेलम्बु पठाइएको हो ।