काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ६३ तथा एन्टिजेन विधिबाट ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४ हजार २० जना सङ्क्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज शुक्रबार थप ५ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका ३ सय ९४, ललितपुरका ६० तथा भक्तपुरका ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।